Logo

उमासिंह स्मृति पत्रकारिता पुरस्कार वनलाई दिने क्लबको घोषणा



काठमाडौं, १३ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘उमासिंह पत्रकारिता पुरस्कार’ पूर्ण राष्ट्रिय मासिककी प्रकाशक तथा प्रधान–सम्पादक सम्झना वनलाई दिने घोषणा गरेको छ ।

क्लबको आज बसेको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । वन विगत १६ वर्षदेखि पत्रकारितामा सक्रिय छिन् । पत्रकारिताको माध्यमबाट मुलुकको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएबापत उनलाई सम्मान गर्न लागिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्