Logo

लगानी सम्मेलनबारे सत्तापक्ष र प्रतिपक्षबीच यस्तो विवाद (भिडियोसहित)



चैत १४, काठमाण्डौ । भोलीदेखि २ दिने लगानी सम्मेलन सुरु हुँदैछ । सरकारले यो सम्मेलनबाट विकास र समृद्धिका लागि बलियो आधार खडा हुने विश्वास गरेको छ ।

यसैविषयमा प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा दुईजना पूर्व उद्योग मन्त्रीसँग विशेष कुराकानी गरिएको छ । ऋषि धमलासँग कुरा गर्दै नेकपाका तथासमेत रहेका सोमप्रसाद पाण्डे र कांग्रेस नेता नविन्द्रराज जोशीले केही विमतिसहित आफ्नो कुरा राखेका छन् ।

प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री जोशीले सरकारले लगानीको वातावरण तयार गर्न नसकेको आरोप लगाए । उनले स्वदेशी लगानीकर्तालाई नै प्रोत्साहन गर्न नसकेको सरकारले विदेशी लगानीकर्तालाई खुशी पार्न नसक्ने जिकिर गरे ।

तर सत्तारुढ दलका नेतासमेत रहेका पाण्डेले भने जोशीको तर्कको खण्डन गरे । उनले सरकारले लगानीको वातावरण बनाउँदै लगेको जिकिर गरे । विगतको जस्तो संक्रमणकाललाई अहिलेको सरकारले अन्त्य गर्दै सबै क्षेत्रमा लगानीका लागि सहज बन्दै गएको दावी गरे ।



प्रतिक्रिया दिनुहोस्