Logo

फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गरिने



काठमाडौं १७ चैत ।र्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गर्ने बताएको छ । कर्मचारी समायोजनको काम पूरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्र रहेका कर्मचारी अभाप हटाउन सरकारले नयाँ भर्नाको तयारी गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फास्ट ट्र्याकबाट करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरु भएको बताए । उनले भने, ‘ अब गरिने भर्ना फास्ट ट्र्याकबाट हुनेछ । यसो नगरे प्रक्रिया लम्बन्छ ।’

स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी भर्ना गर्न फास्ट ट्र्याकको बाटो अपनाउनु परेको पण्डितले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्