Logo

मोडर्न तथा पप संगितमा जम्दै मैनाली



काठमाडौं । शरदराज मैनालीद्वारा संगितबद्ध तथा नवीन के भट्टराईको स्वरमा सजिएको गित तिमी नै…… अहिले बजारमा चर्चामा रहेको गितहरु मध्येमा पर्दछ । एक दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा लागेका उक्त गितको रचना मैनाली आफै हुन् । लामो समयदेखि गितहरु रचना गर्दै आएका मैनाली संगितकार समेत हुन् ।

अग्लिज सोल ब्याण्डमा गिटारिस्टको रुपमा काम प्रवेश गरेपछि नेपाली सांगितिक दुनियाँमा औपचारिक रुपमा प्रवेश गरेका मैनाली अहिले मोडर्न तथा पप गीतको रचनामै व्यस्त रहँदै आएका छन् । पछिल्लो पटक उनीद्वारा रचित तथा संगितबद्ध गीत नविन के भट्टराईले नै स्वरमा सजिन पुगेकोछ । पछिल्ला केही वर्षहरु पप गितको लागि प्रतिकूल समय रहेकै बेला मैनाली भने निरञ्तर साधनामा छन् ।

संगितकार मैनालीले नेपाली चलचित्र ‘द्रव्य’ मा तीन वटा गीतको रचना गरे भने उक्त गितहरुको कम्पोज समेत आफैले गरेका हुन् । करिब आठ वर्षअघि द्रव्य फिल्मका तीन वटा गितहरुको रचना तथा कम्पोज गरेका मैनाली अझै पनि निरञ्तर संगित साधनामै व्यस्त छन् । नौलो नौलो बिहानीको सुनौलो सपना……. भन्ने गित चलचित्र द्रव्यमा समेत चर्चित भएको गितको रुपमा लिइन्छ ।

हाल दुबईमा रहेका मैनाली त्यहाँको व्यस्त जीवनका बीचमा पनि नेपाली गित संगितको साधना व्यस्त हुने गरेको बताउँछन् । पछिल्लो पटक नविन के भट्टराईको स्वरमा रहेको गित निकै चर्चामा रहेको छ । सो फुर्सद टिभीमार्फत युट्युवमा समेत अपलोड गरिएको गित युवा पुस्ताहरुले राम्रो मनपराएको गायक मैनाली बताउँछन् ।

त्यसअघि उनकै रचनामा रहेको गित सोनुप पौडेलले गाएको सागरको गहिराईमा भन्ने गित बजारमा आएको थियो । कुनै समय अग्लिज सोल ब्याण्डमा काम गर्ने मैनाली अहिले उक्त ब्याण्ड छोडिसकेका छन । यद्यपि नेपाली गित संगितप्रतिको मायाले भने डोहोर्याई रहने बताउँछन् । उनले परिवर्तन र क्रान्तिलाई माथि उठाउने राष्ट्र भक्तिका गित समेत रचना गरेका छन् । सात साल…. भन्ने उनको गित युट्युवमा समेत हेर्न पाइन्छ ।

रचनाकार तथा संगितकार मैनालीले थोपा र मिठो सपना भन्ने एल्बम नै निकालिसकेका छन् । मिठो सपना एल्वममा रचना, संगित तथा गायन समेत आफैले गरेका मैनाली चोयाको डोको लोकदोहोरी गित समेत रचना गरिसकेका छन् ।

नेपाली गित संगितको क्षेत्रमा योगदान पुर्याएबापत विभिन्न अवार्डहरु समेत पाएका मैनालीलाई राष्ट्रिय संगितकर्मी संघ नवलपरासीबाट उनले उत्कृष्ट मोडर्न एण्ड पप गितको रचनाकारको सम्मान समेत प्राप्त गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्