Logo

बारा र पर्सा हुन्डरीको बबन्डर



काठमाडौं १९ चैत । आइतबार साँझ आएको भीषण हुन्डरीले बारा र पर्सामा घर भत्काउँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ। बारामा २६ र पर्सामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ। ६ सय ४ घाइतेमध्ये ३ सय ४४ जनाको पर्साका विभिन्न अस्पताल, ४२ जनाको बाराको कलैया अस्पताल, १० जनाको काठमाडौंस्थित शिक्षण अस्पताल र अन्यको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकमा १३ पुरुष, १२ महिला र लिंग नखुलेका दुई छन्। मृतकमा २३ नेपाली र चार भारतीय छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार सुवर्ण गाउँपालिका–८ का तरिखा खातुन, प्रसौनीस्थित सत्यम इँटाभट्टामा काम गर्ने रामजित माझीका चार वर्षीय छोरा सुरज माझी, फेटा–१ की मतीसरी देवी, फेटा–६ पुरैनियाकी दुई वर्षीया अलिसा खातुन, फेटा गाउँपालिका–९ की रुकसार खातुन, फेटा गाउँपालिका–६ की शवनम खातुन, फेटा–६ का मीना खातुन, बिबिया खातुन, मुस्तकीमा खातुन, समसिदा खातुन, सकिना खातुन, सुवर्ण गाउँपालिका–४ हर्दियाका श्रीप्रसाद यादव, कलैया उपमहानगरपालिका–१२ धर्मनगरस्थित काजल चिम्नीभट्टामा काम गर्ने भारत मनकोवाका राजेश मुखिया, अवधेश पासवान, राधेश्याम धोबी, फेटा गाउँपालिका–१ का हरिनारायण दास, फेटा–१ का मनोरमा देवी, रुवीदेवी, प्रसौनी गाउँपालिका–४ का अच्छेलाल माझी, फेटा–१ का नन्द पटेल, फेटा–६ का रुबी खातुन र भारत विहार लालबेगियाका हितलाल सहनीको मृत्यु भएको छ।
स्थानीय इजहार मियाँका पत्नी, बुहारी, नाति र नातिनीको मृत्यु भएको फेटा–३ का वडाध्यक्ष उपेन्द्र साहले जानकारी दिए। फेटा–३ मा दुई सयभन्दा बढी घरमा आंशिक क्षति तथा ४० घर पूर्ण नष्ट भएको साहले दाबी गरे। त्यसैगरी भलुही भरबलिया गाउँ नै ध्वस्त भएको छ। भलुही भरबलिया गाउँका ९० प्रतिशत घर पूर्णरूपमा नष्ट भएको कलैया उपमहानगरपालिका–१८ का वडाध्यक्ष अम्बिका यादवले बताए। कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेशराय यादवले प्रहरी र स्थानीयको सहयोगमा घाइतेलाई राति नै अस्पताल पु¥याएको जानकारी दिए।

हुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री
आइतबार सा“झ आएको हावाहुरीले पु¥याएको धनजनको क्षति बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले बारा–पर्सा आएका छन्। प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठ, गृह सचिव प्रेमबहादुर राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतको टोलीले हुरीप्रभावित क्षेत्र अवलोकन गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसहितको टोलीले पनि हुरीप्रभावित गाउँ अवलोकन गरेको छ।

प्रधानमन्त्रीले पुरैनिया, मनहरवा, भुलुहीलगायतका गाउँको हेलिकोप्टरबाट निरीक्षण गर्नुका साथै कलैया अस्पताल पुगी घाइतेलाई भेटे। मुख्यमन्त्री राउतले पनि बारा परैनियालगायत स्थानमा हुन्डरीपीडित परिवारलाई भेटे। उनले कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेलाई पनि भेटे।

हुन्डरीपीडित परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने आश्वासन मुख्यमन्त्रीले दिएका छन्। प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, राधेचन्द्र यादवलगायतको टोलीले हावाहुरीले क्षति पुगेको गाउँमा पुगी पीडित परिवारसँग भेटघाट ग¥यो। घाइते भेट्न कलैया अस्पताल पुगेका निधिले नेपाली कांग्रेसले राहत तथा पुनस्र्थापनाका लागि सक्रिय भएर काम गर्ने बताए। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्