Logo

बारा–पर्साको हावाहुरी ३ घण्टे सिष्टम, नेपालसँग प्रविधि नै छैन (भिडियोसहित)



चैत १९, काठमाण्डौ । वारा र पर्सामा आएको हावाहुरीले त्यहाँको जनजीवन आज तेस्रो दिनसम्म आइपुग्दा कष्टकर बन्दै गएको छ । खानेपानी, विजुली, खाद्यान्न र बासको समस्या देखिएको छ ।

घाइतेहरुको उपचार भइरहेको छ । मुख्य समस्या भनेको दैनिकीमा नै देखिएको हो । ठूलो जनधनको क्षति हुने गरी आएको हावाहुरीले एकपटक फेरी राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ । विशेषगरी मौसमसम्बन्धी पूर्वसुचना दिने निकाय र घटनापछिको राहत वितरण र उद्धार प्रभावकारी नहुँदा पीडितले थप कष्ट सहनुपरेको छ ।

यस्ता समस्याका बारेमा प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा बहस गरिएको छ । ऋषि धमलाका साथमा उपस्थित सरोकारवाला व्यक्तिहरुले आवश्यक दक्ष जनशक्तिदेखि आधुनिक प्रविधिको अभावसम्मको वास्तविकता खुलासा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्