Logo

‘अर्गानिक खाद्यवस्तु उत्पादन गर्नुपर्छ’



काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्गानिक खाद्यवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘अर्गा्निक उत्पादनमा जोड दिनुपर्छ । विकास गर्नुपर्छ, ठूलो फलाउनुपर्छ तर, स्वस्थ फलाउनुपर्छ ।’ थोरै तर अर्गा्निक उत्पादन गरेपनि अरुले भन्दा राम्रो मूल्य लिन सकिने उनले बताए । अब सहकारीमार्फत ठूलो क्षेत्रमा एउटै बाली लगाउने र प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग जोड्न आग्रह गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्