Logo

चैत २९ गते सरकारविरुद्ध ११ संयुक्त विद्यार्थी संगठनले विशाल विरोध सभा गर्ने



‘सरकारले दुई तिहाईको दम्भ देखाएर जनतालाई निराश तुल्यायो’ : शाह
काठमाडौं, १९ चैत । सरकारले रबैयातन्त्रको सुरुवात गरेको भन्दै त्यसको विरुद्धमा ११ सयुंक्त विद्यार्थी संगठनहरुले यही चैत्र २९ गते विशाल विरोध सभाको आयोजना गर्ने घोषणा गरेका छन् ।

सरकारले मूलधारको राजनीति गरिआएको नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएको र विखण्डनको नारा घन्काउने सिके राउतलाई संरक्षण गरेको भन्दै त्यसको विरुद्धमा विशाल विरोध सभा गर्न लागिएको संयुक्त ११ विद्यार्थी संगठनले जानकारी दिएको छ ।
संगठनले शैक्षिक तथा राजनैतिक एजेन्डामा केन्द्रित रहँदै सरकारको गम्भिर ध्यानाकर्षण गराउन आगामी चैत्र २९ गते राष्ट्रिय सभागृहमा विशाल बिरोधको कार्यक्रमबारे जानकारी गराएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा सयुंक्त बिद्यार्थी संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले सरकारले दुई तिहाईको दम्भ देखाएर जनतालाई निरास पारेको आरोप लगाए ।

अहिलेको सरकारले मुलुकलाई अधिनायकबादतिर धकेल्न खोजेको भन्दै उनले आफ्नो संगठन लोकतन्त्रको पहरेदार रहेको स्पष्ट पारे । उनले कुनैपनि हालतमा नेपालमा अधिनायकबाद लागु हुन नदिने जिकिर गरे ।

आफूहरुको संगठन समग्र समाज तथा विद्यार्थीको हकहितको लागि काम गर्ने संगठन भएको बताउँदै उनले नेपालको भौगोलिक अवस्थाअनुरुपको शिक्षा प्रणालीमा जोड दिन सरकारकसंग माग गरे ।

उनले सरकारले ‘विप्लव’माथी लगाएको प्रतिबन्ध गलत रहेको बताउँदै तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरे । उनले देशमा हिंसा र अधिनायक प्रवृत्ति नदेखाउन पनि सरकारलाई चेतावनी दिए ।

अनेरास्ववियू पाँचौका अध्यक्ष घनश्याम मिश्रले चुनावको समयमा गरेको वाचाहरुप्रति सरकार गम्भिर नबनेका आरोप लगाए ।
वर्तमान सरकारको गतिविधि ठीक नभएको भन्दै उनले सरकारले निजी क्याम्पसहरुलाई प्रसय दिँदै गएर त्रिभुवन विश्वबिद्यालयलाई बिघटन गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।

अहिले विश्वबिद्यालयमा सेमेस्टर प्रणाली नियम–संगतले नचलेको भन्दै उनले शिक्षामा सरकारले गर्दै आएका गलत कामहरुको बिरोध गरे । देशमा अहिले कालोबजारी र भ्रष्टाचार मौलाएको उनको अभिब्यक्ति रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतमले अकको आन्दोलन प्रतिपक्ष यूनियनको आन्दोलन भएको बताए । अहिले देश बिभिन्न काण्डै–काण्डको कालो दाग बोकेर बाँचिरहेको उनको भनाई छ ।

सरकारले न्यायको नाममा जनतालाई आश्वासनबाहेक अरु कुनै ग्यारेन्टी नगरेको भन्दै उनले निर्मला पन्तको हत्यारा समात्न सरकार किन असफल भयो भन्दै आक्रोस पोखे । सिके राउतलाई सरकारले अंगालो हालेर देशमा बिखण्डनकारी तन्त्रको उदय गरेको पनि उनको आरोप थियो ।

उनले स्ववियु निर्वाचन बैशाखभित्रै गराउनपनि माग गरे । त्रिभुवन विश्वबिद्यालयमा विद्यमान रहेको दलीय भागबण्डा अन्त्य गरिनुपर्ने उनको थियो । देशमा सञ्चालित कन्सलटेन्सीहरुले विदेशमा पढाउन सहयोग गर्ने नाममा मानब तस्करी गरिरहेको पनि उनले गम्भिर आरोप लगाए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रविण मिश्रले सरकारको प्रवृत्ति देखेर आफुहरुले कालो ब्यानरमा कार्यक्रमको आयोजना गरेको जनाए ।

अहिले शिक्षामा व्यापारीकरण र निजीकरण ब्याप्त रहेको बताउदै उनले मेडिकल शिक्षाको नाममा सरकारले पैसा कमाईरहेको आरोप लगाए । नागरिकको वाक स्वतन्त्रतामा रोक लगाएको भन्दै उनले सत्ताको दुरुपयोगमा नलाग्न सकारलाई चेतावनी दिए । उनले भने‘अहिले देशमा लुटतन्त्र मौलाईरहेको छ । सरकार संबिधानभन्दा बाहिर गएर भ्रष्टलाई संरक्षण गरिरहेको छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रबादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले सरकारका कारण नागरिकको दिनाचार्य तहसनहस भएको भन्दै आक्रोस पोखे । अहिले लाखौं युवाहरु विदेश पलायन भएको बताउँदै उनले स्वदेशमै केही गर्न मिल्ने खालको शिक्षा विकासमा सरकार लाग्नुपर्ने ध्यानकार्षण गराए ।

विद्यार्थी संगठनको ताकतलाई सरकारले मध्यनजर गरोस भन्दै उनले नागरिक सत्ताभन्दा टाढै रहेको बताएका छन । सामान्य नागरिकले सक्तासम्म आफ्नो पहुँच राख्न नसकेको भन्दै उनले नागरिकले संबिधानले प्रदान गरेका मौलिक अधिकारहरुनै बिर्सिएको बताए ।

प्रदेश नम्बर २ मा भएको प्राकृतिक बिपत्तिको समयमा पनि सरकाले कुनै राहतका कार्यक्रमहरु घोषणा नगरेको भन्दै तुरुन्त राहतका कामहरु अगाडि बढाउनुपर्ने माग गरे ।

शिक्षा पूर्ण रुपमा निःशुल्क हुनुपर्ने आफूहरुको माग रहेको बताउदै उनले देशको सिमा मिचिएको विषयमा पनि वर्तमान सरकार निदाईरहेको आरोप लगाए । शिक्षा, स्वास्थ्य र रोजगार प्रत्येक नागरिकको अधिकार भएको बताउँदै उनले नेपालको शिक्षा प्रणाली राष्ट्रियकरण हुनुपर्ने बताएका छन ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जित निश्पक्षले बारा, पर्सालगायतका जिल्लामा हालै भएको हावाहुरीजस्ता प्राकृति बिपतको घटनालाई सरकारले राष्ट्रिय शोकको रुपमा घोषणा नगरेकोमा घोर आपत्ति रहेको बताए ।

संघीय सरकारले तराईका जनताको दुःखलाई सौतेनी ब्यवहार देखाएको भन्दै उनले बिनाशकारी घटनामा सरकार मौन बसेको आरोप लगाए ।
सरकारले हेलिकप्टरबाट हेर्देमा पीडितहरुको समस्या सम्बोधन नहुने बताउदै उनले तुरुन्त पीडित लक्षित कार्यक्रम र क्षतिपुर्तिको घोषणा गर्नपनि सरकारसंग जोडदार माग राखे ।

त्यस्तै कार्यक्रममा बोल्दै क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले सरकार सर्वसत्ताको ढंगबाट अगाडि बढेको भनाई राखेका थिए । राज्य व्यवस्था ठिक नभएको भन्दै उनले सरकारले शिक्षामा उचित वातावरणको सिर्जना गर्नुपर्ने धारणा राखे । अहिले देशमा असुरक्षा बढेको बताउदै उनले जनताको बाँच्न पाउने अधिकारलाई दवाउन नमिल्ने धारणा राखे ।

त्यस्तै कार्यक्रममा बोल्दै समाजबादी फोरमका अध्यक्ष विवेक राईले देशमा भएको परिवर्तनमा विद्यार्थीहरुको ठूलो योगदान रहेको स्मरण गराए । सरकारले सत्तामा पुग्न जनतालाई झुठा आश्वासनमात्रै बाँडेको उनको आरोप छ । उनले भने,‘जनतासामू आश्वासन बाँड्नुभन्दा सरकारले काम गरेर देखाउनुपर्छ ।’

सरकारले निःशुल्क शिक्षाको नीति तथा कार्यक्रममा जोड दिनुपर्ने बताउदै उनले आम जनताको भावनालाई सरकारले कदर गर्नेपर्ने विचार व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले चैत्र २९ गते राष्ट्रिय सभागृहमा फरक धारका ब्यक्तिहरुको एउटै मञ्चमा भेटघाट हुने जनाए । अहिल देशमा अरवौंका घोटालाहरु भएको भन्दै उनले आजसम्म भएका घोटाला तथा भ्रष्टाचार गरेको पैसा फिर्ता नभएको स्मरण गराए ।

सरकारले जनताको भावनाबिपरित काम गर्न नपाईने बताउदै उनले नराम्रा कामहरुको अन्त्य गर्न आफुहरुको संगठन पछि नहटने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्