Logo

राष्ट्रियसभा अध्यक्षको प्रश्न-जनप्रतिनिधीले महङ्गा गाडी चढ्न किन नपाउने (भिडियो)



चैत २०, काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मन्त्रीलगायत उच्च पदस्थहरुले लिएको सुविधाबारे विवाद गर्न नहुने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै उनले सबै देशमा मन्त्रीहरुले राज्यको सुविधा लिने गरेको उदाहरण दिदै नेपालमा पनि त्यस्तो हुनु सामान्य भएको बताएका हुन् ।

पदअनुसार गाडी, आवास, भत्ता जस्ता सुविधा लिएको विषयलाई अनावश्यक विवादमा पार्न नहुनेमा तिमिल्सिनाले जोड दिए । राष्ट्रपतिलाई महङ्गो गाडी खरिद गरिएको विषयबारे भएको विवादप्रति पनि उनले आपत्ती प्रकट गरे ।

फरक प्रसंगमा उनले आफू राष्ट्रियसभाको अध्यक्ष भएपछि पार्टीको दबाबमा काम गर्नुपर्ने वातावरण नआएको बताए ।

आफूले प्राविधिक हिसाबले पार्टी छाडे पनि विचार नछोडेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्