Logo

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा



काठमाडौँ,२१ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन । बिहीबार बोलाईएको बैैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीको विषयमा छलफल गर्न बैठक बोलाईएको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहन सम्पुर्ण मुख्यमन्त्रीहरुलाई निर्देशनपनि गराएका छन ।प्रधानमन्त्री ओलीले आँधीहुरीपीडित बारा र पर्साका बासिन्दालाई राहत र पुनःस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका थिए।

बैठकमा सहभागी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका अनुसार प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले निर्णय गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने विश्वास पनि व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्