Logo

नेपाल बार एसोसिएसनको अध्यक्षमा श्रेष्ठ विजयी, महासचिवमा पौडेल विजयी (फोटोफिचर)



काठमाडौं, २१ चैत । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।  बिहीबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले चार हजार २२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका सुनील पोखरेलले तीन हजार ८७३ मत प्राप्त गरे ।

महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीfलामणि पौडेल विजयी भएका छन् । प्रगतिशील समूहका सुरेन्द्र थापामगरलाई पराजित गर्दै पौडेल महासचिवमा निर्वाचित भएका हुन् ।

पौडेलले चार हजार १७८ मत प्राप्त गरे । पराजित थापामगरले तीन हजार ७०१ मत पाए । पदाधिकारीतर्फ पनि प्रगतिशीलको बहुमत रहेको छ । नयाँ नेतृत्वका लागि गत शनिबार काठमाडौं उपत्यकासहित देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।

एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक/एक गरी ८ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्