Logo

काठमाडौंलाई प्रदुषणमुक्त बनाउने आईजिपी खनालको दाबी



काठमाडौं, २१ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंलाई प्रदुषणमुक्त बनाउने स्पष्ट पारेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ल्याएको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गर्दै खनालले यस्तो बताएका हुन् ।

उनले धुँवाको मुस्लो फाल्ने गाडीलाई नियन्त्रणमा लिन निर्देशन दिएका हुन् । खनालले भनेका छन्,‘धुलो र धुँवाको मुस्लो फाल्ने पुराना गाडीलाई नियन्त्रणमा लिन कसैले सोच्नु पर्दैन, अब काठमाडौं उपत्यका सफा हुनुपर्छ ।’

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्