Logo

ऋषि धमलासँग अन्तरवार्ता दिएका बानियाँ र बस्न्यातमाथि कारबाही : यस्तो थियो कुराकानी (भिडियोसहित)



चैत २२, काठमाण्डौ । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा अन्तरवार्ता दिएको भन्दै नेपाली सेनाले दुई जना पूर्व सहायक रथीलाई कारबाही गरेको छ ।

पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सार्वजनिक रुपमा जथाभावी नबोल्न सचेत गराएको हो । कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा उनीहरुलाई शुक्रबार सचेत गराइएको हो ।

पत्र नै पठाएर औपचारिक रुपमासमेत सचेत गराइने बताइएको छ । बानियाँ र बस्न्यातले सेना परिचालन विधयेकको विषयमा अन्तरवार्ता दिएका थिए । त्यसक्रमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको आलोचना गरेका थिए ।

बानियाँले प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारीसँग तुलना गरेका थिए । त्यसैगरी विधेयकले खशीको मासु पाइन्छ भनेर बाख्रीको मासु बेच्ने नियत’ राखेको उनको टिप्पणी बानियाँले गरेका थिए । त्यसैगरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पक्षमा पनि सरकारको नीति विपरित कुरा गरेको आरोप लगाइएको छ । बस्न्यातले प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिन पिङको नक्कल गरेको आरोप लगाएका थिए ।

उनले ‘पिपल पाते’ तरिकाले सेना परिचालन गर्नु नहुने बताएका थिए । त्यस्तै खल्तीबाट सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनको जिकिर थियो ।



प्रतिक्रिया दिनुहोस्