Logo

काठमाडौंमा चेक गणतन्त्र भिसा आवेदन केन्द्र संचालनमा



काठमाडौं, २२ चैत। युरोपेली मुलुक चेक गणतन्त्रको यात्रा गर्न चाहने नेपाली नागरिकको सहजतालाई ध्यानमा राखेर भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्र भिसा आवेदन केन्द्र संचालनमा ल्याएको छ ।

यसअघि चेक गणतन्त्र भिसा आवेदन प्रक्रियाका लागि आवेदकहरु भारतको नयाँ दिल्लीस्थित दूतावासमा जानुपथ्र्यो । नेपालका लागि चेक गणतन्त्रका राजदूत मिलान होभोर्का र नेपालका लागि अवैतनिक महावाणिज्यदूत विष्णु कुमार अग्रवालले शुक्रबार संयुक्त रुपमा नयाँ सुविधाको औपचारिक उद्घाटन गरे ।

नेपाली यात्रीहरुमाझ चेक गणतन्त्रको लोकप्रियता निरन्तर बढिरहेको दूतावासको दाबी छ । सन् २०१८ मा चेक गणतन्त्रको भिसाका लागि भिसा आवेदन दिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढेको थियो ।

हरेक वर्ष आवेदनको संख्या बढ्दै गएकोले नेपाली आवेदकको सहजताका लागि भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्रको भिसासम्बन्धी सेवा दिन थालेको हो । चेक गणतन्त्रसँगै भीएफएस ग्लोबलले नेपालबाट भिसा प्रक्रिया संचालन गर्ने मुलुकको संख्या २० पुगेको छ ।

भीएफएस ग्लोबलले सन् २००८ देखि चेक गणतन्त्रको सरकारसँग सहकार्य गर्दै आएको छ । हाल भीएफएस ग्लोबलले २५ मुलुकमा एक सयभन्दा बढी भिसा आवेदन केन्द्रहरु संचालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्