Logo

आफ्नै दल र सरकारप्रति भीम रावलले लगाए आरोपै आरोप (भिडियोसहित)



चैत १५, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता भीम रावलले पार्टी एकता भएको १० महिना वितिसक्दा पनि सांगठनिक एकता हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले एकता प्रक्रिया टुङ्गिन नसक्दा पार्टीको नीति र सिद्धान्त नै धरापमा परेको बताए ।

सरकारले गरेका कमी कमजोरीका विषयमा पनि रावलले असन्तुष्टी व्यक्त गरेका छन् । पद नपाएकाले सरकारको आलोचना गरेको भन्ने आरोपको रावलले खण्डन गरे । “मलाई पद चाहिँदैन । जनताको सर्वोत्तम हित र राष्ट्रिय हितका लागि साधना गर्ने कुरा मलाई चाहिएको हो ।” रावलले भने ।

आफू सरकारको विरोधमा नभै गलत कामको विरोध गरेको रावलले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्