Logo

विप्लवसँग सरकार नरम, वार्ताको प्रस्ताव



काठमाडौं, २५ चैत । गैरकानुनी काम गरेको र ध्वंसात्मक काम गरेको भन्दै सरकारले नेत्रक्रिम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएको महिना दिन बित्न नपाउँदै वार्ताको लागि पत्राचार गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आँफैले भन्दापनि विभिन्न माध्यम प्रयोग गरेर विप्लव समूहलाई वार्ताको लागि आग्रह गरेका छन् ।

तर, विप्लवले भने वार्ताको लागि आफू तयार भएपनि दुई वटा शर्त तेर्साएका छन् । पहिलो शर्त, आफ्नो पार्टी माथि लगाएको प्रतिबन्ध तत्काल फुकुवा गनुपर्ने र पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाई गर्नुपर्ने रहेको छ ।



प्रतिक्रिया दिनुहोस्