Logo

‘कालो वर्ष’को टिजर सार्वजनिक (भिडियोसहित)



काठमाडौं, २६ चैत । चलचित्र ‘कालो वर्ष’को टिजर सार्वजनिक भएको छ । आगामी बैशाख १३ गते प्रर्दशनमा आउने उक्त चलचित्रको आज (मंगलबार) एक कार्यक्रम का बीच टिजर सार्वजनिक गरिएको हो । चलचित्रमा दैविक प्रकोपको कारण भोग्नु पर्दाको समस्याहरुलाई उजागर गरिएको कलाकार पवन भट्टराईले जानकारी दिए ।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा ओकेश पनेरुले नै लेखेका हुन्। योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्का निर्माता रहेको चलचित्रमा खेम सारु मगरले संगीत भरेका छन् ।
त्यस्तै, अन्जु पन्त र विशाल निरौलाले गीतमा स्वर दिएका छन्। पत्रकार सम्मेलनमा निर्माता योगेन्द्र पनेरुले सबैको साथ र सहयोगबाट चलचित्र बनाउन सफल भएको प्रतिक्रिया दिए ।

निर्देशक लक्षु गौतमले उक्त चलचित्र आफ्नो पहिलो चलचित्र भएको जानकारी दिइैन् । उनले भनिन्,‘मैले निर्देशन गरेको यो पहिलो चलचित्र हो, म आशावादी छु। दर्शकहरुले हलसम्म गएर हाम्रो चलचित्र हेरेर समिक्षा गरिदिनु हुनेछ ।’

नायक ओकेश पनेरुले चलचित्र दर्शकले रुचाउने दाबी गरे । उनले भने,‘हामीले यो चलचित्रमा निकै मेहनत गरेका छौं । निकै गाह्रो भूमिकामा मैले मेहनतका साथ काम गरेको छु ।’ नायिका अनुपा खड्काले छायांकनको क्रममा सोलुखुम्बुमा बिरामी भएको सम्झिँदै आफ्नो मेहनतको प्रतिफल पाउने बताईन् ।

पत्रकार सम्मेलनमा खलनायकको मुख्य भूमिकामा रहेका पवन भट्टराईले चलचित्रमा आफूहरुको टिमले निकै मेहनत गरेको बताए । नेपाली गाउँ, समाजमा घट्ने घट्नाहरुलाई चलचत्रिमा मुख्य विषयवस्तु बनाइएको पनि उनले बताए । उनले भने,‘यो चलचित्रमा भुकम्पपछिको कथावस्तु बनाईएको छ ।’



प्रतिक्रिया दिनुहोस्