Logo

जमीनको सीमा विवादमा हत्या



भीमदत्तनगर, २६ चैत । जमीनको सीमा विवाद हुँदा कञ्चनपुर लालझाँडी गाउँपालिका–१ का ५० वर्षीया बासमती रानाको हत्या भएको छ ।

सोमबार स्थानीयवासी २५ वर्षीय निरज रानाले बासमतीको टाउकोमा कोदालोको बींड प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

प्रहरीले घटनाका अभियुक्त रानालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँदै शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको छ ।

विप्लवका नगर सचिब पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका भीमदत्त नगरपालिकाका नगर सचिव रघुबीर जोशीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले नगरसचिव जोशीलाई भीमदत्तनगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्