Logo

ओली–प्रचण्डबीच लगातार भेटवार्ता : टुँग्गिएला त तल्लो तहको एकता ?, माधव नेपाल ‘फायर’



काठमाडौं, २७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्लो समय लगातार भेटवार्ता भैरहेको छ ।

पार्टीको तल्लो तहको एकता टुँगो लगाउनेगरि दुवै अध्यक्ष आन्तरिक छलफल तथा तयारीमा जुटेका हुन् । स्रोतका अनुसार पार्टीको तल्लो तहको एकता टुँगो लगाउनेगरि अध्यक्षद्धयवीच छलफल भइरहेको छ ।

उता, पार्टीकै बरिष्ठ नेता माधवकुमार नेपाल भने अध्यक्षद्धय ओली र प्रचण्डले एकलौटी गरेको भन्दै रुष्ट बनेका छन् । एकता प्रक्रिया टुँगो लगाउनको लागि अध्यक्षद्धयले पार्टीका प्रभावशाली नेताहरुलाई एक्लाएक्लै बोलाएर छलफलसमेत गरेका छन् ।

प्रारम्भिक चरणमा अध्यक्षद्धयले प्रभावशाली नेता वामदेव गौतमलाई बालुवाटारमा बोलाएर छलफलसमेत गरेका थिए । तर, नेता गौतमले अध्यक्षद्धयले मात्रै एकलौटी गर्न नहुने भन्दै यसमा नेता नेपाल, अर्का नेता झलनाथ खनाल र आफूसँगपनि छलफल र सल्लाह गर्नुपर्ने अडान लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्