Logo

हाम्रो पार्टी नै मूलधारको राप्रपा हो : अध्यक्ष राणा



काठमाडौं, २७ चैत । राप्रपा (संयुक्त) ले निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेको छ । संविधानसम्मत र कानुनी रुपमा नै आफ्नो दललाई मान्यता दिएको भन्दै अध्यक्ष पशुपतिशमशेर जबराले खुशी व्यक्त गरे ।

आयोगले आफ्नो दललाई चुनाव चिन्ह हलो प्रदान गरेको उनको भनाई छ । उनले भने,‘यो असाध्यै पूरानो राप्रपाको पहिचान भयो । यो चिन्ह र झण्डासमेत प्राप्त गरेपछि राप्रपा मूलधार यही पार्टी भयो ।’

पार्टीको वैचारिक सिद्धान्त भने राष्ट्रियता, प्रजातन्त्र र सम्वद्र्धनवादी उदारवाद र प्रगतिशिल आधुनिकीकरण रहेको अध्यक्ष राणाले जानकारी दिए । त्यसको साथै, सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रलाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र कायम गर्ने पनि आफूहरुको नीति रहेको उनले सुनाए ।

मुलुकमा कायम रहेको क्रियाशिल राजनीतिक शक्तिहरुबीचको बृहत्त सहमतिमा साझा संस्थाको रुपमा दलविशेषभन्दा माथि रहने त्यो पूरानो संस्थालाई राष्ट्र प्रमुखको रुपमा किन स्थापित नगर्ने ? भनि सबै पक्षमा बहसको पैरवी गर्ने पनि उनले सुनाए । त्यस्तै, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिपनि आफूहरुले अवलम्बन गर्ने उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्