काठमाडौं, २७ चैत । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’की छोरीले दिएको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गरिदिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तान संयुक्त इजलासले ओलीकी छोरी विपनाले दिएको बन्दीप्रत्येक्षीकरण रिट खारेज गर्ने फैसला गरेको छ।
यसअघि ओलीलाई बुधबार नै सर्वोच्च उपस्थित गराइएको थियो। गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि गराइएको बम बिस्फोटको जिम्मा लिएका विप्लव ओलीलाई चैत ९ गते प्रहरीले पक्रेको थियो।




प्रतिक्रिया