Logo

‘विद्या भण्डारीको ठाउँमा ज्ञानेन्द्रलाई ल्याउँछौं’ (भिडियोसहित)



काठमाडौं, २८ चैत । नवगठित राप्रपा (संयुक्त) का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ३ को संज्ञा दिएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोहनीले यस्तो आरोप लगाएका हुन् ।

उनले आफूहरुले अब वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको ठाउँमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई ल्याउनेपनि सनसनीपूर्ण दाबी गरे । फरक प्रसँगमा उनले नेत्रविक्रम चन्द ‘विप्लव’ ले उठाएका कुराहरु जायज रहेको टिप्पणी गरे । उनले भने, विप्लवले उठाएका कुराहरु जायज छन् । भ्रष्टाचारका र बेथितिका कुराहरु उठाउनुभएको छ।’



प्रतिक्रिया दिनुहोस्