Logo

चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



काठमाडौं, २९ चैत । चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ । आगामी बैशाख १३ गतेबाट प्रर्दशनमा आउने उक्त चलचित्रको ट्रेलर आज युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो ।लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ । साथै चलचित्रमा सुरेन्द्र बुढाथोकि, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा ओकेश पनेरुले नै लेखेका हुन्। योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्का निर्माता रहेको चलचित्रमा खेम सारु मगरले संगीत भरेका छन् ।त्यस्तै, अन्जु पन्त र विशाल निरौलाले गीतमा स्वर दिएका छन्। चलचित्रलाई २०७२ सालमा गएको महाभूकम्प पछिको जनजिवन, बलत्कार र बैदेशिक रोजगारीमा जानेको पिडालाई पर्दामा दर्शायिएको छ ।



प्रतिक्रिया दिनुहोस्