Logo

२०७५ भरीको चर्चित भ्रष्टाचार काण्डहरु



चैत २९, काठमाण्डौ । हाम्रो देश भ्रष्टाचारको जालोमा छपक्कै छोपिएको छ । २०७५ सालमा पनि नेपालमा ठूला ध्रष्टाचारका काण्ड सार्वजनिक भए । २०७५ सालमा भएका ठुला भ्रष्टाचार काण्डहरुलाई यहाँ समावेश गरेका छौँ ।

वाइडबडी विमान खरिद प्रकरण
वाइडबडी खरिद र यस माथि भएको भ्रष्टाचारको विषयले यस वर्ष निकै चर्चा पायो । यो भ्रष्टाचार नेपालमा अहिले सम्मकै सबै भन्दा ठुलो धन राशीको हो पनि भनिएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएकोे निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली देखि पूर्व प्रधानमन्त्री एवंम कांग्रेस सभापती शेरबहादुर देउवाको र पूर्व पर्यटन मन्त्री देखि हालका मन्त्रीसम्मको संलग्नता रहेको आशंका गरिएको यस प्रकरणले नेपालमा भ्रष्टाचारको उचाई कहाँसम्म छ भन्ने प्रष्ट्याएको छ ।

अनि अर्को महत्वपुर्ण कुरा के भने जब यो विषयले संसदमा प्रवेश पायो । जबसम्म सत्ता पक्षका मन्त्री र नेताको नाम मात्र जोडिएको थियो त्यसबेलासम्म बडो जोडतोडका साथ संसद हल्लाउने गरि यो विषय उठान गरे प्रतिपक्षी कांग्रेसका नेताहरुले अनि जब आफ्ना सभापतीकै पालामा पहिलो किस्ता विनियोजन भएको तत्थ्य बाहिर आयो अनि उनिहरु पनि झिजेको मुसो झै भए ।

 नेपाल ट्रस्टको जग्गामा भएको ५ अर्बको भ्रष्टाचार
नेपाल ट्रष्टले आफू मातहातका जग्गा कौडीको भाउ भाडामा लगाएर अर्बौ रुपैया घोटाला गर्ने गरेको विषयले पनि यस वर्ष नेपाली मिडियामा निकै चर्चा पायो । यसमा भएको अनियमितताको धन राशीको कुरा गर्ने हो भने त वाइडवडीमा भएको अनियमितता भन्दा पनि बढी देखिन्छ । यहाँ करिब ५ अर्बको भ्रष्टाचार भएको छ । प्रधानमन्त्रीलाई नै प्रभावमा पारि पर्यटन व्यवसायी आङछिरिङ शेर्पा जसको स्वर्गिय मन्त्री रविन्द्र अधिकारीसँगै हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भयो । उनले आफ्नो कम्पनी थामसेर्कु टे«किङलाई ट्रष्टको दरबार मार्गमा रहेको ३० आना जग्गा कौडिको भाउमा हात पार्न सफल भएका हुन् । उनले ३० वर्षकालागि ३० आना जग्गा मात्र १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँमा हात पारे ।

अख्तियार आयुक्त राजनारायण पाठक घुस काण्ड
अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रणकालागि महत्वपुर्ण अनि प्रमुख भुमिका निर्वाह गर्ने निकाय हो । तर त्यहि निकायमा अन्य निकाय भन्दा धेरै भ्रष्टाचार हुने गर्छ भन्ने तत्थ्य वा केही घटना बेला बेलामा सार्वजनिक हुने गर्छन् । तर अख्तियार आयुक्त राजनारायण पाठक नै घुस काण्डमा मुछिए । पहिलेदेखिनै विवादित व्यक्तिको छवि बनाएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकले सार्वजनिक सम्पतीका रुपमा रहेको नेपाल इन्जिनियरिङ कलेजलाई व्यक्तिका नाममा बनाई दिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएका थिए । नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपाने नै कलेज आफ्नो नाममा बनाउन यो घुस दिएका थिए ।

मेलम्ची खानेपानीका नाममा ३८ करोड रुपैयाँ हिनामिना
आयोजना सुरु भएको वर्षदेखिनै विवादित बन्दै आएको मेलम्ची खानेपानी आयोजनाबारे पनि यस वर्ष खुबै चर्चा भए । मेलम्चीकै नाममा ३८ करोड रुपैयाँमाथि अनियमितता भएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि ३८ करोड रुपैयाँ भुक्तानीको विषयलाई लिएर अख्तियारले खानेपानी मन्त्रालयबाट फाइल झिकाइ सकेको छ । यि त केहि प्रतिनिधि प्रकरण मात्र हुन् यस वर्ष भएका भ्रष्टाचारका । यस्तै प्रकृतिका अनियमितता भएका क्षेत्रहरुबाट थुप्रै उजुरी छन् अख्तियारमा । यो वर्षमा हालसम्म १६ हजार भन्दा बढी उजुरी परेका छन् अख्तियारमा । जस मध्ये अख्तियारले २ सय भन्दा बढी काण्डलाई अदालतसम्म पु¥याई सकेको छ ।



प्रतिक्रिया दिनुहोस्