Logo

आजबाट सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु (फोटोफिचर)



काठमाडौं, ३० चैत । आजबाट सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ। ३ तीनसम्म चल्ने रथजात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन सुरु गर्ने गरिन्छ। शनिबार साँझ काठमाडौंको जमल तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइएको छ।

तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ। मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ। पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ।

सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ। सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो।

सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com

 



प्रतिक्रिया दिनुहोस्