Logo

प्रधानमन्त्रीको घोषणा : यो वर्ष वृद्धभत्ता बढ्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले भने,‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ। वृद्धा भक्ताले आयु बढाएको छ । बाँच्ने मनोवैज्ञानिकमा सकारात्मक असर परेको छ । मेरो काम मुर्छित सपना व्यँताउने हो । यो देश विकासको बाटोमा जान्छ । यो देशको सरकार जनताको सरकार हो । सरकारले जनतालाई हेर्छ । सुस्त मनस्थितिका, मानसिक अवस्था कमजोर भएका र छोरा, छोरीले हेला गरेका असक्तलाई यो सरकारले हेर्छ । केही गर्न नसक्नेलाई बचाउने सरकार छ । हामी मानव समाज, सभ्य समाज निर्माण गर्न खोजिरहेका छौं ।’



प्रतिक्रिया दिनुहोस्