Logo

धुमधाम साथ मनाईयो बैशाखी पर्व, उपराष्ट्रपति पुन पनि सहभागी (फोटोफिचर)



काठमाडौं, २ बैशाख । ललितपुरको कुपण्डोलस्थित् गुरु नानक गुरुद्धारामा हिजो बैशाखी पर्व धुमधामका साथ मनाईएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन र नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीको उपस्थितिमा उक्त पर्व भव्य रुपमा मनाईएको हाम्रा सहकर्मी रामगोपाल राय यादवले जानकारी दिए ।

शिख समूदायका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको उक्त पर्वमा उपराष्ट्रपति पुनले शुभकामना समेत व्यक्त गरेका थिए । उपराष्ट्रपति पुनले देश विकासमा शिख समुदायको साथ आवश्यक रहेको बताएका थिए । उनले शिख र मगर जाति इमान्दार रहेको भन्दै उनीहरुको इमान्दारिताको खाँचो देशलाई भएको स्पष्ट पारे ।

त्यस्तै, भारतीय राजदूत पुरीले नेपालमा शिख समुदायको इतिहास पुरानो रहेको भन्दै दुई देशबीचको सम्बन्ध प्रगाढ पार्न उनीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । शिख गुरु गोविन्द सिंहले वैशाखी पर्वको शुरुवात गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपालडटकम



प्रतिक्रिया दिनुहोस्