Logo

दिपाबारे प्रश्न गर्दा दिपक यसरी जंगिए (भिडियोसहित)



काठमाडौं, २ बैशाख । चर्चित कलाकार दिपकराज गिरीले आफ्नो नाम दिपाश्री निरौलासँग जोडेर जथाभावी प्रश्न नगर्न पत्रकार ऋषि धमलालाई कडा चेतावनी दिएका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

आफू र दिपाश्रीबीच कलाकारिताको सम्बन्ध रहेको उनको भनाई छ । उनले आफूलाई मनपर्ने नेता नै केपी शर्मा ओली भएको बताए । उनले भने,‘मलाई नेपालका नेतामा केपी ओली मनपर्छ । विश्वका नेताको कुरा गर्दा मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मनपर्छ । उहाँहरु दुवैसँग करिस्म्याटिक क्षमता छ ।’



प्रतिक्रिया दिनुहोस्