Logo

देउवा भ्रष्टाचारी भए जेल हाल्नुपर्छ : डा. महत (भिडियोसहित)



काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको ठहर भए जेल हाल्नुपर्ने बताएका छन् । सोमबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतले यस्तो बताएका हुन् ।

त्यस्तै, फरक प्रसँगमा उनले पार्टीको नीति र विधान विपरित अभिव्यक्ति दिने र गलत क्रियाकलाप गर्नेहरुलाई पनि अनुशासनको कारबाही गरिने चेतावनी दिए । उनले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अनुशासनको दायरा नाघेकोले तत्काल कारबाही प्रक्रिया अघि बढाईने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्