Logo

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाको सुनुवाई बुधबार



काठमाडौं, ३ बैशाख । संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ। समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्धारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार (भोली) ४ गते दिउँसो २ बजे सुनुवाई गर्ने निर्णय गरेको हो।

त्यस अघि बिहान ११ बजे भने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधिशमा प्रस्तावित ५ जनाको सुनुवाई भने बिहीबार गर्ने पनि निर्णय गरेको छ। सर्वाेच्च अदालतको न्यायाधिशका लागि प्रस्तावित हरि फुयाँल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधिशद्धय प्रकाश ढुंगाना र सुक्ष्मलता माथेमाविरुद्ध परेको उजुरीमाथि छलफल र सुनुवाई गर्ने कार्यक्रम पनि बिहीबार ५ गतेका लागि तय गरिएको समितिका सभापति कर्णले बताए।



प्रतिक्रिया दिनुहोस्