काठमाडौं, ४ बैशाख । च्याम्पियन्स लिगको नतिजा समग्रमा ४-० ले बार्सिलोनालाई सुम्पदै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको छ।मंगलबार भएको दोश्रो लेगमा म्यानचेस्टर युनाइटेड लियोनल मेस्सीको बार्सिलोनासँग ३-० ले स्तब्ध भएको हो।
पहिलो लेगमा बार्सिलोनाले युनाइटेडमाथि १-० को जित निकालेको थियो। सेमिफाइनल प्रवेशका लागि युनाइटेडलाई दोश्रो लेगमा ३-० ले स्तब्ध पारेको खेलमा बार्सिलोनाका लागि मेस्सीले २ गोल गरे।
उनले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि उनले खेलको पहिलो हाफको २० औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे। यसैगरी ३-० ले खेल समापन गर्ने क्रममा बार्सिलोनाका लागि फिलिप कोन्टिन्होले दोश्रो हाफको ६१ औं मिनेटमा गोल गरेका थिए।




प्रतिक्रिया