Logo

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन



काठमाडौं, ५ वैशाख । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन भएको छ। बिहीबार ५ जनाको सुनुवाईपछि संसदीय सुनुवाई समितिले सर्वसम्मत रुपमा नाम अनुमोदन गरेको हो ।

न्यायपरिषदले केही दिनअघि सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिमा न्यायाधीश सिफारिसबारे ५ वटा उजुरी परेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्