Logo

सावत दिदी–बहिनी : अशिक्षित परिवारका कारण… (भिडियो कथा)



वैशाख ७, काठमाण्डौ । नेपालमा वर्षेनी साँढे दुई हजार बालबालिका हराउने गरेका छन् । तिमध्ये आधाजति फेला पर्छन् । हराएका बालबालिकको खोजीमा सरकारले उदासिनता देखाउने गरेको छ । गैर सरकारी संस्थाले अलपत्र बालबालिकालाई आश्रय दिने गरेको पाइन्छ । तर हराएकामध्ये धेरै बालबालिकाको जीवन नै अस्तव्यस्त हुने गरेको छ ।
पहिला यो भिडियो हेर्नुस् :

https://www.youtube.com/watch?v=k1lSA6cDqhI&t=526s

हो साँचै गीतले भने जस्तै नेपालमा बाल अधिकारका ठुला ठुला कुरा भए पनि थुप्रै बालबालिका संविधानले दिएको अधिकारबाटै बञ्चित भएका छन् । त्यस्तै पात्र बनेका छन् यी दिदी बहिनी ।

१८ बर्षिय दिदी अनिता सावत (गित गाउने) र १६ बर्षिय बहिनी कल्पना सावत । दिदी अनिताका अनुसार आमाबाबुले छोरा पाउने आशामा सन्तान जन्माउँदा ५ बहिनी छोरीको जन्म भयो । त्यसपछि बुवाले १२ बर्ष नपुग्दै अनिताको विवाह गरिदिए । अपरिपक्व उमेरका भएको विवाह पनि सफल हुन सकेन ।

१३ वर्षमै छोरो जन्माएकी अनिताको श्रीमानसँग राम्रो सम्बन्ध हुन सकेन । न औपचारिक शिक्षा न व्यवहारिक ज्ञान । पढ्दा पढ्दै विवाह भएपछि उनको जीवन नै लथालिङ्ग हुन पुग्यो । आफ्नो जीवन अस्तव्यस्त हुँदै गर्दा बहिनी कल्पनाको पनि विवाह गरिदिन लागेपछि बहिनी लिएर उनी घर छाडेर हिँडिन् । पेट पाल्नका लागि विभिन्न ठाउँमा गित गाउन थाले ।

अनिताकी बहिनी कल्पनालाई राम्रोसँग नेपाली बोल्नसमेत आउँदैन । उनलाई पनि बाल विहाह गरिदने डर छ । परिवारले पढ्ने लेख्ने मौका दिने हो भने घर फर्किन तयार रहेको कल्पना बताउँछिन् ।

दिदी बहिनीले बताएका कतिपय कुरा यथार्थपरक होइन कि भन्ने पनि लाग्ने गर्दछ । उनीहरुले आफ्ना बारे जे जस्तो बताए पनि नेपालका बालबालिकाको अवस्था यसले प्रष्ट पार्छ । बालबालिका खोजतलास समन्वय केन्द्रले राजधानीको लैनचौरमा भौतारीदैँ गरेको अवस्थामा दिदी बहिनीलाई फेला पारेको थियो । दिदीबहिनकिो समस्या बुझेर अनुसन्धान भइरहेको केन्द्रले बताएको छ ।

दिदी बहिनीलाई संरक्षण गरिरहेको संस्थाले उनीहरुलाई अब के गर्ने भन्ने सोच्न सकेको छैन ।

अनिता र कल्पना प्रतिनिधी पात्र मात्रै हुन् । देशभर अलपत्र परेका बालबालिका धेरै छन् । नेपालमा वार्षिक करिब साँढे दुईहजार बालबालिका हराउने गरेका छन् । यस्तो हुनुमा अभिभावककै कमजोरी प्रष्ट हुन्छ । तर सरकारले पनि समस्या समाधानका लागि कागजी नीतिलाई मात्रै प्राथमिकता दिने गरेको छ । बालमैत्री नीतिको खाँचोलाई गम्भीर रुपमा लिनु जरुरी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्