Logo

एउटा खुट्टाले मोटरसाइकल चलाएर गिनिज बुकमा नाम लेखाउने तयारी



काठमाडौं, ८ बैशाख । ललिपुरका घनश्याम श्रेष्ठले एउटा खुट्टाले ८० किलोमिटर प्रतिघण्टाको गतिमा मोटरसाइकल चलाएर गिनिज बुकमा नाम लेखाउने तयारी गरेका छन् ।

शनिबार ललितपुरमा एक कार्यक्रम गरी अभियानमा लागेका श्रेष्ठलाई शुभकामना दिइएको छ । एउटा खुट्टाले मात्रै बाइक चलाएर गिनिज बुकमा नाम लेखाउने कार्य चुनौतिपूर्ण भए पनि श्रेष्ठले गर्न लागेको प्रयासलाई सबैले साथ दिनुपर्ने सहभागिले बताएका थिए ।

कार्यक्रममा प्राइम्स टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले श्रेष्ठको अभियानलाई संचार माध्यमको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष धमलाले फरक क्षमता देखाउन खोजेका श्रेष्ठले राष्ट्रको नाम विश्वभर फैल्याउन सफल हुने विश्वास पनि व्यक्त गरे ।

धमलाले देशका सबै पत्रकारहरुको तर्फबाट मनिषलाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा मनिषले दाहिने खुट्टा आफनो काधमा हालेर मोटरसाइकल चलाएर कला प्रर्दशन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्