Logo

धादिङमा बस दुर्घटना, दुईको मृत्यु



काठमाडौं, ८ बैशाख । पृथ्वी राजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्र्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका -३ सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

काठमाडौंबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस ओभरटेक गर्ने क्रममा सडकबाट त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा दोलखाका हरिवंश केशी र दोलखाकै पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्