Logo

एक वर्षभित्रै महाधिवेशन गर्ने प्रचण्डको घोषणा



काठमाडौं, ९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ले एक वर्ष्भित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्ष्भित्र महाधिवेशन गर्ने बताए । जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उनले अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्ने बताए ।

दाहालले एकता प्रकृयामा जिल्ला तहको नेतृत्व टुङ्ग्याउनु फलामे ढोका फोरे सरह भएको बताएका छन् । अध्यक्ष प्रचण्डले सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा धेरै मेहनत गर्नुपरेको पनि सुनाएका हुन् ।

उनले एकता प्रकृयामा ढिलाइ भएको स्वीकार्दै अब यो प्रकृयाले पूर्णता पाउने दावी गरे । उनले शुभचिन्तकहरुको दबाबले पनि एकता प्रकृयालाई सहयोग पुर्याएको भन्दै प्रचण्डले त्यसका लागि सवैलाई धन्यवाद दिए । उनले भने,‘समाजवादको रणनीतिमा अघि बढ्ने योजना हामीले अघि सारेका छौँ, यो आफैमा युगान्तकारी प्रयोग हो ।’

त्यस्तै उनले हिजोका बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव नभएको जिकिर गरे । उनले भने,‘जरुरी पर्दा मात्रावाट गुणमा फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न सक्दैन ।’

उनले विचारलाई विकसित र राजनीतिक रणनीतिलाई विकसित गर्दै अगाडि बढ्न सकेनौ भने दुईवटा विकृति रहन्छन् । जडसुत्रबादी र आत्मसमपर्णवादी विचारलाई महिमामण्डित गाउने प्रवृति संसरभर देखेका छौँ । नेपालमा पनि त्यसविरुद्ध संघर्ष गरिरहेका छौ ।



प्रतिक्रिया दिनुहोस्