Logo

‘सम्पदा निर्माणमा विवादमा नअल्झिनुहोस’



काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भूकम्पले क्षति भएका संरचनाहरु निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

काठमाडौँको वसन्तपुरमा दरवार क्षेत्रमा बिहीबार आयोजित चौथो भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले क्षति पुर्याएका पुरातात्विक केही सम्पदाबाहेक अरु सबै संरचना अबको २० महिनाभित्र सक्नेगरी काम गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

उनले सरकारी विद्यालय, अस्पताल, सेना र प्रहरीका भवनहरु छिटो बनाउनुपर्ने भन्दै सम्पदा निर्माण गर्ने क्रममा अनुचित विवादमा नअल्झन आग्रह गरे ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्