काठमाडौं,१३ बैशाख । साहित्यकार तथा धावक लक्ष्मण सापकोटा पहिलोपटक साहित्यिक ब्यानरमा सगरमाथाको चुचुरोतर्फ लागेका छन्। साहित्यकार सापकोटा बिहीबार त्रिभुवन विमानस्थलबाट हेलिकप्टर मार्फत लुक्ला पुगीसकेका थिए ।सगरमाथाको चचुरोबाट बिभिन्न किर्तीमानी राख्ने तयारीमा आधारशिविर तर्फलागेका उनी ‘सगरमाथा पुगेर केही विश्व कीर्तिमान राख्ने योजनामा रहेका छन। जसमा दुई कृति विमोचन गर्ने, एउटा कविता वाचन गर्ने, शैव सभ्यता भएको देश नेपालको ओम् शब्द त्यहाँ पुर्याउने काम हुनेछ ।’
यसैगरी, गौतम बुद्ध, लुम्बिनी, पशुपतिनाथको फोटो पनि सगरमाथा पु¥याउने काम हुनेछ। साहित्यकार सापकोटको रिपोर्टर्स क्लबको झण्डा चुचुरोमा प्रर्दशन गर्ने तयारी रहेको छ । सापकोटाका अनुसार, यसअघि मेची–काली साहित्यिक दौडका क्रममा मेची नदीको पानी र माटो अनि महाकाली नदीको पानी र माटोका साथै नेपालकै होचो भू–भाग झापास्थित कचनाकवलको माटो पनि सगरमाथा पुर्याउने काम हुनेछ। राष्ट्रकवि माधव घिमिरे र वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको हस्ताक्षर भएको रामायणलाई पनि उनले सगरमाथाको टुप्पोमा पुर्याउनेछन्।




प्रतिक्रिया