Logo

नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी, मानव तस्करीको आरोप



काठमाडौं, १३ बैशाख ।  नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीको आरोप लागेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ। साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको हो।

प्रहरी महानिरीक्षक (आइजिपी) सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार ‘रेड कर्नर नोटिस’ जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी हुने छ।



प्रतिक्रिया दिनुहोस्