Logo

खुलामञ्च किनबेचको कहानी : लुट्न सके लुट कान्छा



वैशाख १३, काठमाण्डौ । काठमाडौंको खुल्लामञ्च अतिक्रमण गरेर जथाभाबि सटर बनाउँदै बेचेको विषयमा काठमाडौं महानगरपालिकाले बल्ल चासो दिएको छ । स्थानीयले खुल्लामञ्च मासियो भनेर आन्दोलन नै चर्काएपछि महानगरपाकिलाका मेयरले अतिक्रमण हटाउने प्रतिबद्धता जाहेर गरेका हुन ।

काठमाडौंमा रहेका सिमित खुल्ला ठाउँ मध्ये एउटा थियो । खुल्लामञ्च । जहा ३ वर्ष अघिसम्म सार्वजनिक सभा समारोह गर्न रानीतिक दलदेखि विभिन्न संघसंस्थाले प्रयोग गर्थे । तर, अहिले यो खुल्लामञ्च कहाँ छ भनेर खोज्नु पर्ने भएको छ । बिगत २ वर्षदेखि बसपार्क बनाइएको यो खुल्लामञ्चमा अहिले धमाधम अबैधानिक रुपमा सटरहरु निर्माण भएका छन् ।

महानगरसँग खुल्लामञ्च व्यवस्थापनको जिम्मा लिएको जलेश्वर स्वछन्द बिकोइ विल्डर्स निर्माण कम्पनीले खुल्ला मञ्चमा करिब ४० वटा सटर निर्माण गरेको छ । जसबाट उसले प्रति सटर सलामी स्वरुप १० देखि १५ लाख रुपैया लिएको आरोप लागेको छ भने मासिक भाडा १२ हजार रुपैयाँ लिएको स्वयम ठेकेदार मनोज भेट्वालले स्विकार गरेका छन् ।

खुल्लामञ्च ब्यबस्थित बनाउन जिम्मा पाएको ठेकेदारले धमाधम जग्गा अतिक्रमण गर्दै सटर बनाएपछि स्थानीय आन्दोलित भएका छन् । जसमा राजनीतिक दलहरुले समेत साथ दिएका छन् । उनीहरुले बिहीबार त पुरै खुल्लामञ्च घेराउ नै गरे । ठेकेदार, महानगरपालिका र सरकारविरुद्ध नाराबाजी नै गरे ।

स्थानीय र राजनीतिक दलहरुले चर्को विरोध गरेपछि बल्ल महानगरपालिकाले यो विषयमा चासो राखेको छ । आफ्नै जग्गा यतिका समय अतिक्रमण हुँदा समेत चुप लागेका महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार खुल्लामञ्चमा अतिक्रमण गरेर बनाइएका व्यवसायिक सटरहरु भत्काइने बताए । स्थानीयहरुको ध्यानाकर्षण पत्र बुझ्दै शाक्यले अनुगमनको रिपोर्ट आउने बितिकै व्यवसायिक सटरहरु भत्काइने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

अबैध रुपमा बनेका सटर भत्काउने दाबी गरेका मेयर शाक्य उपमेयर हरिप्रभा खड्कका कारण यस्तो भएको भनेर आरोप लगाउन समेत भ्याए । उनले उपमेयर खड्कीले काग्रेसको कार्यकर्ता बनेर खुलामञ्च प्रकरणमा राजनीतिक गरेको दाबी समेत गरे ।

महानगरका मेयर र उपमेयरबीचको द्वन्द्व खुल्लामञ्चको जग्गाको हकमा प्रष्ट झल्किएको छ । दुइबीचको विवाद चलिरहदा खुल्लामञ्च भने करिब मासिनै लागिसकेको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले खुलामञ्च मासिएको विषयमा महनागरका सबै पदाधिकारीमाथि कारबाही गरिनु धारणा राख्छन् । खुलामञ्च अतिक्रमण रोक्न निरन्तर दवाव दिईने भन्दै यसमा सरकारले तत्काल कदम चाल्नु पर्ने बताउँछन् ।

बसपार्क भएदेखि मासिन सुरु गरेको खुल्लामञ्चमा खाली ठाउँ भेट्न मुस्किल पर्छ । यस विषयमा महानगर र सरकार बेलैमा सचेत नभए ऐतिहासिक खुल्ला मञ्चको अस्तित्व नामेट हुन पक्का छ ।

खुलामञ्च किनबेच र भाडाको कहानी :
कुनै बेलाको जनताको राजनीतिक मञ्च खुलामञ्च यतिबेला बन्द छ । बन्द मात्र होईन, व्यक्तिगत सम्पत्ति जसरी भाडामा किनबेच गरिएको छ ।

खुला मञ्चमा मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द बिल्डर्सले ४० वटा सटर बनाएर मासिक ६ हजारदेखि १८ हजार रुपैयाँसम्ममा भाडामा लगाएको छ ।

महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालि’ बीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रको व्यहोरा नै फरक–फरक छ । एउटामा सहमतिपत्रमा स्वीकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ भने अर्कोमा त्यसरी संरचना बनाउन नपाइने उल्लेख छ ।

सहमति पत्रमा लेखिएका धेरै कुरा विवादित देखिएको छ ।

सहमति पत्रको नवौं बुँदामा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाले मिति ०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छ ।’ महानगरपालिकासँग भएको अर्को सहमति पत्रमा ‘छ’ लाई केरेमेट गरेर ‘छैन’ भन्ने थपिएको छ । हातले केरेर ‘छैन’ लेखिएको ठाउँमा हस्ताक्षर पनि छैन ।

जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्ससँग भएको सहमति पत्रको फोटोकपीमा भने केरमेट गरिएको छैन । पत्रमा बकाईदा नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने उल्लेख छ ।

सरसर्ती हेर्दा महानगरपालिकासँग भएको कागजमा कीर्ते गरेको देखिन्छ ।

कीर्ते सम्झौतापत्रका हस्ताक्षरकर्ता महानगरपालिकाका प्रशासक ज्ञानेन्द्र कार्की हुन् । राजस्व महाशाखा प्रमुख महेश काफ्ले र निजी साझेदारी इकाइ प्रमुख सुमन अधिकारी साक्षी । बिल्डर्सकी लेखा प्रमुख गीता भट्ट पनि साक्षी ।

यसैलाई आधार बनाएर भेटवालले खुलामञ्चमा सटर निर्माण गरेर बिल्डर्सका कार्यकारी अध्यक्ष मनोज भेटवालले वार्षिक एक करोड ८२ लाख ५० हजार भाडा उठाउँदै आएका छन् । सटर बनाउनुअघि नै भेटवालले पाँच करोड अग्रिम भुक्तानी लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्