Logo

मानवअधिकारको क्षेत्रमा क्रियाशिल पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौँ, १३ बैशाख । नीति निर्माण, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा लामो समयदेखि क्रियाशिल युवा अध्येता प्रताप पौडेललाई आज राजधानीमा अन्तर्रा्ष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।

ग्लोबल युथ पाल्र्यामेन्टले उहाँलाई नीति अनुसन्धान तथा मानव अधिकार क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै उदीयमान युवाका रुपमा “ग्लोबल युथ लिडरसिप अवार्ड” प्रदान गरेको हो ।

विभिन्न क्षेत्रमा छोटो समयमै उल्लेख्य योगदान दिएका झण्डै दुई दर्जन देशका युवाहरुसँगै नेपालको तर्फबाट पौडेललाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड प्रदान कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्व अर्थ मन्त्री डा. रामशरण महत र विभिन्न अन्तर्रा्ष्ट्रिय निकायका प्रतिनिधिहरुले युवा अध्येता पौडेललाई संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।

पौडेलले तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाको प्रमुख सल्लाहकारका रुपमा नेपालको स्वास्थ्य क्षेत्रको नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । उहाँले संसदीय समिति मार्फत् कृषी र उर्जा सम्वन्धी नीति निर्माणमा पनि योगदान गर्नुभएको छ ।

पब्लिक पोलिसी पाठशालाका अध्यक्ष, अन्तर्रा्ष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनल नेपालका पुर्व उपाध्यक्ष समेत रहनु भएका पौडेल मानव अधिकार तथा शान्ति समाजलगायतका दर्जनौ संस्थामा आवद्ध रही लामो समयदेखि लोकतन्त्र र मानव अधिकार आन्दोलनमा सक्रिय हुनुहुन्छ । काठमाडौमा आजदेखि सुरु भएको दुई दिने अन्तर्रा्ष्ट्रिय युवा सम्मेलनमा विभिन्न ३० देशका युवाहरु सहभागी भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्