Logo

खुल्ला मञ्चका सबै सटरमा डोजर लगाईयो (फोटोफिचर)



काठमाडौं, १४ बैशाख । खुलामञ्च अतिक्रमण गरेर बनाईएका सटर काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताए

खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो। महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा खड्गीलाई जिम्मेवारी दिएको थियो।

महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनपछि डोजर लिएर आफूहरु खुलामञ्चतर्फ लागेको अनलाइनबरलाई जानकारी दिए । खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएपछि महानगरले शनिबार डोजर चलाएको हो। महानगरले संरचना भत्काउँदा पसलेहरूले असन्तुष्टि पोखेका थिए।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्