Logo

‘स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध’



काठमाडौं, १४ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् ।  मनोहरा विद्यानगर सेवा समाजले बधाइ तथा शुभकामना दिन आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका बारेमा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले कुनै पनि राजनीतिक दल, उम्मेदवार तथा मतदाताले निर्वाचनमा प्रश्न उठाउन नसक्नेसमेत दाबी गरे । समाज सुधारका लागि समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले युवा पुस्तालाई पनि समाज परिवर्तनको संवाहक बन्न सुझावसमेत दिए ।



प्रतिक्रिया दिनुहोस्