Logo

नेपाल चीन सम्बन्ध देखावटी, ओली सरकार कुटनीतिमा असफल (भिडियोसहित)



वैशाख १५, काठमाण्डौ । परराष्ट्रविद् तथा विश्लेषकहरुले नेपाल चिन सम्बन्धमा स्वार्थ नभएको जिकिर गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै चिनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले दुई देशबीचको सम्बन्ध परापूर्व कालदेखि नै सुमधुर रहेको बताउँदै समग्रमा कुनै समस्या नरहेको दावी गरे ।

यद्यपी नेपाल सरकारले चिनसँगको सम्बन्ध कसरी राम्रो बनाउन सकिन्छ भनेर सरोकारावालसँग छलफल गर्ने संस्कृतिको विकास गर्न नसकेको आरोप लगाए ।

त्यसैगरी राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपाल सरकारले कुटनीतिक सम्बन्धलाई गम्भीरतापूर्वक लिनै नसकेको आरोप लगाए । विभिन्न देशमा उच्चस्तरीय भ्रमण गर्दैमा कुटनीतिक सम्बन्ध राम्रो हुन्छ भन्ने भ्रममा सरकार रहेको उनको तर्क छ ।

नेपालले विभिन्न देशका लागि बनाएका राजदूतहरु नै अयोग्य भएकाले कुटनीतिक सम्बन्ध प्रभावकारी बन्न नसकेको केसीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्