Logo

सत्यमोहन जोशीको सम्मानमा बिदा दिइने



काठमाडौं १७ बैशाख । ललितपुर महानगरपालिकाले शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा घोषणा गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक बिदा दिने जानकारी सोमबार दिए।

जोशी ३० गते ९९ वर्ष पूरा गरी सय वर्ष लाग्दै छन्। राष्ट्रको कला, संस्कृति र साहित्य विकासमा महत्वपूर्ण योगदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाएको भन्दै सय वर्ष पुगेकै दिन महानगरपालिकाअन्तर्गतका सबै कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

महानगरपालिकाले पाठयपुस्तकमा उनको जीवनी समावेश गर्ने, तस्बिरअंकीत चाँदीका मुद्रा निष्काशन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्ने र उपयुक्त सडकको नामकरण उनको नाममा गरिनेलगायत २२ कार्यक्रम सार्वजनिक गरेको छ।

वैशाख ३० सम्ममा सय वर्ष पुग्न लागेका सबै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने महानगरको योजना छ। तर आफ्ना नगरमा केकति ज्येष्ठ नागरिक सय वर्ष पुग्न लागेका छन् जानकार िनभएको बताए। उनले भने, ‘नगरभित्रका २९ वटै वडामा ह्विप जारी गर्दै यथाशीघ्र तथ्यांक बुझाउन भनिसकेको छु।’



प्रतिक्रिया दिनुहोस्