Logo

‘बुटवलमा एकीकृत शहरी गुरुयोजना लागु’ : मेयर सुबेदी



बुटवल, १७ बैशाख । बुटवल उप–महानगरपालिकाले एकीकृत शहरी गुरुयोजना निर्माणपछि थालिएका कामको प्रभावकारिता बढ्दै गएको दाबी गरेको छ । नगरले भौतिक विकास र मानवीय विकास एकैपटक हुनुपर्ने मान्यता बोकेर गुरुयोजना बनाएर काम गरिरहेको नगरप्रमुख शिबराज सुबेदीले स्पष्ट पारे ।

बुटवलको भबिष्य सुन्दर रहेको भन्दै बुटवल-भैरहवा-लुम्बिनी मेघा सिटीका रुपमा पिकास गरिने उनले बताए । रिपोर्टर्स क्लब नेपाल प्रदेश–५ कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर सुबेदीले आफुहरुको अहिलेसम्म १ वर्ष १० महिना कार्यकाल बिताएको बताए ।

उनले धेरै कामहरु सही बाटोमा आएको भन्दै तत्काल नतिजा नदेखिएपनि भविष्यमा अहिले गरेका कामका प्रगति र उपलब्धि देखिने बताए ।
उनले बिकासको आधारको पहिचान गरिएको भन्दै पर्यटन,कृषि,उद्यँेग र ब्यापारलाइ नै मुख्य प्राथमिकतामा राखिएको बताए ।

‘स्रोतको पहिचान,सम्पदाको बिकास सम्बद्धनमा हामी लागेका छौं,हिजो लाखमात्रै आम्दानी नहुने मणिमुकुन्द सेन उद्यानबाट फूलबारीबाट अहिले साढे ३ करोड भन्दा बढि आम्दानी हुन थालेको छ ।’ उनले सुनाए ।

बजेट नीति, बुटवलको भबिश्यको चिन्ता हामीले गरेका छौं,मान्छे सबै मरिन्छ तर बुटवल,संस्कार,संस्कृती त मर्दैन त्यसैले एकजना मान्छेभन्दा त्यो ठूलो कुरा हो भबिश्यका लागि उनले भने ।

अन्तराष्ट्रिय बिमानस्थल,बुटवल बेलहिया सिक्स लेन,बुटवलको सम्मेलन केन्द्र ,डेढ अरबको प्रदर्शनी स्थल,तिनाउ दानव तटबन्ध,भूमिहीन अब्यबस्थीत बसोबासीको ब्यस्था ,बुटवलका बाइपास सडकहरु अहिलेका उपलब्धि भएको सुबेदीको भनाइ छ ।

बुटवलको पार्किङ समस्या ३ बर्षभित्र सकिने भन्दै उनले पार्किङ भवन बनाउन लागेको समेत बताए । सडक निर्माणमा अक्सवाल प्रबिधिको प्रयोग गरिएको उनको भनाइ छ ।

उनले केहि चुनौती रहेको भन्दै पूर्वाधारमा धेरै खर्च,बहुबर्षिय योजना बनाउनुपर्ने लगायतको अप्ठ्यारा भएको सुनाए । आब ०७६÷०७७का लागि १ अरब ८४ करोडको बजेट सिलिङ तयार पारिएको उनले जानकारी दिए ।

राष्ट्रिय गौरवका आयोजनालाइ ढुंगा गिटी किन नदिएको भन्ने पत्रकारको प्रश्नमा मेयर सुबेदीले भने —‘आयोेजनाको स्टीमेट अंक के हो, आधार के हो ? बिचौलीयाले धेरै खाएकाले कारबाहि गरिएको हो ।’

सो अबसरमा बोल्दै जनसंघर्ष दैनिकका प्रधानसम्पादक बालकृष्ण चापागाइले बिगत २ बर्षमा नेपालमा सबैभन्दा बढि भ्रष्टाचार भएको दाबि गरे ।  उनले स्थानीय तहसहित अन्य संस्थामा बिज्ञापनहरु बिज्ञापन एजेन्सीले धेरै मुख्यमा लैजाने गरेको र मिडिया हाउसमा न्यनु पैसामा बिज्ञापन छाप्नुपरेकोमा दुख ब्यक्त गर्दै बिचौलीयालाइ नियन्त्रण गर्न (रोक्न) मेयर सुबेदीको ध्यानाकर्षण समेत गराए । क्लवका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्