Logo

प्रधानमन्त्री ओलीद्धारा विष्णु पौडेलको बचाउ



काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जग्गा विवादमा परेका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्।

नेकपाको संसदीय दलको बैठकमा मंगलबार बोलेका अध्यक्ष ओलीले बालुवाटार जग्गा विवादमा पहिलोपटक मुख खोलेका हुन्। प्रधानमन्त्रीले पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण भएको बताए। उनले भने,‘पदीय दुरुपयोग गरेर महासचिवले जग्गा किन्नु भएको होइन। राजाको शासनको बेला। निरंकुशता भएको बेला २०६१ सालमा बालुवाटारको दक्षिण कुनामा ८ आना जग्गा किन्नु भएको हो। ’

 



प्रतिक्रिया दिनुहोस्