Logo

स्वास्थ्या समस्या , राष्ट्रपति भ्रमण छोट्याएर स्वदेश फर्किंदै



काठमाडौं १८ बैशाख । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदैछिन् । ९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी आज फर्किन लागेकी हुन । निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लागेकी हुन् । उनी वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् । भण्डारीको स्वास्थ्यमा सामान्इ समस्या आएपछि उनी फर्किन लागेकी हुन ।

९ दिने भ्रमण पुरा गरी उनी वैशाख १९ गते अर्थात भोलि स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । मंगलबार ल्हासा पुगेकी उनी आज बुधवार ल्हासाबाट सोझै काठमाडौं आउन लागेकी हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी थिइन् ।

उनले चिनियाँ समकक्षी सि चिनफिङसँग दुईपक्षीय भेटवार्ता समेत गरेकी थिइन् । भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्