Logo

किन हुन्छ सम्बन्धविच्छेद ? देवानी संहिता ऐनको प्रभाव यस्तो छ



वैशाख १७, काठमाण्डौ । मुलुकी देवानी संहिता ऐन २०७४ ले सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था गरेको छ । पछिल्लो समय त झन् सम्बन्ध विछेदका घटना पहिलेको बर्षको तुलनामा बढेको छ । अघिल्लो वर्षको भदौ १ बाट नयाँ मुलुकी देवानी संहिता लागुभएपछि अहिले पुरुषले पनि सम्बन्ध विच्छेद माग्न पाउने व्यबस्था छ । जसले गर्दा पनि सम्बन्ध विच्छेदको संख्या बढेको छ ।

हाल सीतापाइला बस्दै आएकी पूर्णमाया मगर । दिदी नाता पर्नेको तर्फबाट १६ बर्षको सानै उमेरमा विवाह गेरेकी उनी अहिले सम्बन्ध विच्छेदको मुद्दा दार्ता गराउन आएकी छन् । विवाह भएको ८ बर्ष भइसक्दा पनि सन्तान नभएपछि श्रीमानसँग विवाद भयो । मानसिक तनाब नै सुरु भएपछि सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेकी मगरले जिल्ला अदालत काठमाण्डौमा मुद्धा दायर गरेकी हुन् । सम्बन्धविच्छेद उनको आफ्नै चाहना हो । त्यसैले आगामी दिनमा सुखसँग बाँच्ने उनको हिम्मत छ ।

त्यस्तै १४ बर्षको सानै उमेरमा परिवारको कर र पारिवारीक स्थितीले गर्दा विवाह गर्न बाध्य कल्पना थापा पनि श्रीमान्बाट सम्बन्ध विछेदको लागि मुद्दा दार्ता गराउन आएकी छिन् । विवाह भएको करिब १३ बर्ष पुगेको छ । साथमा १० बर्षको छोरा पनि छ । तर श्रीमानले वेवास्ता गरेपछि उनी पनि सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेकी छिन् । छोराको भविष्यमाथि बादल लाग्ला भन्ने चिन्ताले सम्बन्धविच्छेद गर्न लागेको थापाको ठहर छ ।

मगर र थापाको जस्तै अवस्था धेरैको छ । सम्बन्धविच्छदको प्रमुख कारण श्रीमान–श्रीमतीबीचको मनमुटाव नै हो । पछिल्लो समय त झन् सम्बन्ध विछेदका घटना पहिलेको बर्षको तुलनामा बढेको छ । अघिल्लो वर्षको भदौ १ बाट नयाँ मुलुकी देवानी संहिता लागुभएपछि अहिले पुरुषले पनि सम्बन्ध विच्छेद माग्न पाउने व्यबस्था छ । जसले गर्दा पनि सम्बन्ध विच्छेदको संख्या बढेको छ ।

मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९३ मा पति पत्नी दुुबैले चाहेमा सम्बन्ध बिच्छेद गर्न पाउने कानुनी व्यवस्था छ । त्यसैगरी दफा ९४ मा पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्ध विच्छेद गर्नसक्ने कानुनी व्यवस्था रहेको छ ।

त्यस्तै कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी छुट्टै बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पुरुषले सम्बन्ध बिच्छेद गर्न सक्ने नयाँ मुुलुुकी ऐनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७०–७१ मा २ हजार १ सय ८, ७१–७२ मा २ हजार २ सय ५६, ७२–७३ मा २ हजार ४ सय ५१, ७३–७४ मा २ हजार ८ सय ९५ र ७४–७५ मा ३ हजार ५ सय २ वटा सम्बन्ध विच्छदेका मुद्धा काठमाण्डौ जिल्ला अदालतमा दर्ता भएको थियो । यो तथ्याङ्क हेर्दा वर्षेनी मुद्धाको संख्या बढिरहेको छ । मुलुकी देवादी संहिता लागूभएपछिको ५ महिनामा मात्रै १ हजार १ सय २२ वटा मुद्धा जिल्ला अदालत काठमाण्डौमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्