Logo

वालुवाटारको जग्गा कब्जा गर्ने सुवेदी र ढकाल को हुन् ?



वैशाख १८, काठमाण्डौ । बालुवाटारको सरकारी जग्गा अनियमिततामा एक पछी अर्को गर्दै शीर्ष नेताहरुको नाम जोडिन थालेको छ । सत्तारुढ दल नेकपाका उच्च तहका नेतादेखि प्रतिपक्षी कांग्रेसका नेतृत्वकर्ताहरु नै जग्गा विवादमा मुछिएका छन् । अब जग्गा विवादको छानविन र अनुसन्धान कसरी अगाडि बढ्छ भन्ने विषय रहस्यमय बन्दै गएको छ ।

नेपालमा भू माफियाहरुको संजाल र शक्ति कतिसम्म ठूलो छ भन्ने उदाहरण बनेको छ, काठमाण्डौको वालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा अनियमितता । प्रधानमन्त्री, प्रधानन्यायधिस तथा सभामुख निवास भएकै जग्गा भुमाफियाले अत्यन्तै ठुलो सन्जाल बनाएर किनबेच गरेको विषय अहिले चर्चामा छ । जग्गा अनियमिततामा माफिको मात्रै हातले सम्भव हुँदैन । यसमा कर्मचारीतन्त्रदेखि राजनीतिक दलका नेता र सरकारको समेत सहयोग आवश्यक हुन्छ ।

जे आवश्यक पर्यो त्यही पाएपछि माफियाले मन लाग्दी गर्ने नै भए । यही भएको हो वालुवाटारको ललिता निवासमा पनि । भुमाफियालाई आश्रय दिने र सहयोग गर्ने तिनै राजनीतिक ब्यक्तित्व र ब्यापारिहरु हुन जुन अहिले बालुवाटारको जग्गा सँगै नाम जोडीएको छ । पुर्व सचिव शारदाप्रशाद त्रिताल नेत्रित्वको छानबिन समितीले तयार पारेको प्रतिवेदनले नै बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कसरी भू–माफियाहरूले आफ्नो नाममा पारे भन्ने बाहिर ल्याएको हो ।

सरकारले गएको असारमा त्रिताल नेतृत्वको ५ सदस्यिय छानविन समिती गठन गरेको थियो । पाँच महिनाको अनुसन्धानपछि गत पुस २६ गते त्रितालले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन पेस गरेका थिए । जग्गा हडप्न मुख्यत दुई जना व्यक्तिले भूमिका खेलेको पूर्वसचिव त्रितालको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । भूमाफिया भनेर समितिले किटानीसाथ नाम उल्लेख गरेका व्यक्ति अधिवक्ता रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल हुन् ।

प्रतिवेदन अनुसार २०५८–६० सालसम्म आइपुग्दा सुबेदी र ढकालले पञ्चायतले अधिग्रहण गरेका सुवर्णशमशेरका परिवारको अधिकांश जग्गा आफ्ना हातमा पारिसकेका थिए । उक्त जग्गा दुई जनाले मिलेर विक्री गरेको पाइएको छ ।

डा.शोभाकान्त ढकाल
ढकाल तत्कालिन नेकपा एमाले नवलपरासीबाट महाधिवेशनका प्रतिनिधी हुन । माधव नेपाल निकट मानिने आयुर्वेदका डाक्टर शोभाकान्त ढकालले नेपाल प्रधानमन्त्री भएको बेलामा नै बालुवाटार बेच्ने योजना तयार गरेका थिए । पेसा छाडेर जग्गा दलालीमा लागेका ढकालको धेरै बैंकमा सेयर र धेरै स्थानमा घर घडेरी भएको पाइएको छ । नवलपरासीको क्षेत्र न १ माओवादीको भागमा नपरेको भए उनले टिकट पाउने निश्चित थियो । स्याङ्जा पुर्ख्यौली घर भएका ढकालको नवलपरासीको कावासोती नगरपालिका–६ नयाँ गाउँमा घर छ । केही वर्षअघिसम्म सामान्य आर्थिक अवस्थाका ढकालको अहिलेको परिचय धनाढ्यका रुपमा हुने गरेको छ ।

रामकुमार सुवेदी
त्रिताल आयोगको प्रतिवेदन अनुसार सुवेदी कानुन व्यवसायी हुन् । उनी नै बालुवाटार योजनाका कानुनी रणनीतिकार हुन् । केही वर्षअघिसम्म लेखनदासका रुपमा चिनिएका सुवेदीले रुक्मशमशेर, जग्गा खरिदकर्ता मिनबहादुर गुरुङदेखि अधिकांश उच्च शक्ति तहसगँ समन्वयकारी भुमिका खेलेका थिए । बालुवाटारको जग्गालाई वैधानिक तुल्याएर निजी बनाउने कानुनी पाटो यिनैले सम्हालेका थिए ।
भुमाफियाहरुले विभिन्न राजनीतिक नेत्रित्वलाई प्रभावमा पारेर मन्त्रिपरिसदबाट नै पटक पटक आफ्नो पक्षमा निर्णय गराएका थिए । जसले गर्दा मन्त्रिपरिषदले अधिकार प्रत्यायोजन गरी लेखी पठाएको डिल्लीबजार मालपोत कार्यालयले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री निवास दक्षिणतर्फको ११३ रोपनी सरकारी जग्गा व्यक्तिहरूका नाममा सारिदिएको थियो ।



प्रतिक्रिया दिनुहोस्